आर्थिक प्रशासन शाखा
१ | बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्ने, गराउने । |
२ | मातहत कार्यालयहरुमा बजेट खर्च गर्ने अख्तियारी र मार्गदर्शन पठाउने व्यवस्था गर्ने। |
३ | प्रचलित कानून बमोजिम आर्थिक कारोवारको लेखा (श्रेष्ता) राख्ने, राख्न लागउने र नियमानुसार खाता संचालन गर्ने गराउने । |
४ | आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने । |
५ | बेरुजु फछर्यौट सम्बन्धी कार्य गर्ने। |
६ | आर्थिक विषयमा राय परामर्श उपलब्ध गराउने । |
७ | आर्थिक सुशासन र मितव्ययिता कायम राख्न आवश्यक कार्य गर्ने । |
८ | मातहतका कार्यालयहरुको आर्थिक कारोबारको निरीक्षण र सुपरिवेक्षण गर्ने । |
९ | बजेट रकमान्तर सम्बन्धी कार्य गर्ने/गराउने । |
१० | राजश्व श्रेस्ता व्यवस्थितरुपले राख्ने एवं धरौटी श्रेस्ता फछ्यौट गर्ने गराउने । |
११ | प्रचलित ऐन, नियमभित्र विभिन्न वजेट अन्तर्गत भएका खर्चहरुको भुक्तानी दिने । |
१२ | प्राप्त राजश्वको आम्दानी बाँध्ने र राजस्व दाखिला गर्ने । |
१३ | आन्तरिक तथा अन्तिम लेखा परिक्षणबाट औल्याइएका वेरुजुको लगत तयार गर्ने र नियमानुसार फर्छ्यौट गर्ने/गराउने । |
१४ | विनियोजित बजेटको निकासा, खर्च र बाँकी तथा निकासाको स्रोत समेत देखिने गरी प्रत्येक शिर्षकको छुट्टाछुट्टै आर्थिक विवरण तयार पारि सम्बन्धित निकायमा पठाउने । |
१५ | तलबबाट कट्टा भएको कर्मचारी संचय कोष, नगरीक लगानी कोष, सावधिक जीवन वीमा र सामाजिक सुरक्षा कर कट्टी रकम सम्बन्धित निकायमा समयमा नै दाखिला गराउने । |
१६ | कर कट्टी गर्ने व्यवस्था मिलाउने । |
१७ | तोकिदिए बमोजिमका अन्य कार्य गर्ने । |